लकडाउनको निर्देशन पालना गर्न कामपा प्रमुखको आग्रह
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७६ चैत्र ११, मंगलबार

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पूर्ण नगरवासीलाई आआफ्नो घरमा बस्न आग्रह गरेका छन् । कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रण गर्न सुरक्षित र संयमतापूर्वक आआफ्नै घरमा बसी महामारी विरुद्धको अभियानलाई सहयोग गर्न उनले आग्रह गरेका हुन् ।
आज एक अपिल जारी गर्दै कामपा प्रमुख शाक्यले अहिलेको अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारले घोषणा गरेको लकडाउनको निर्देशन स्वागतयोग्य रहेको बताए । नेपाल सरकारले आज चैत्र १ गते बिहान ६ बजेदेखि चैत्र १८ गते विहान ६ बजेसम्मको लागि लकडाउनको निर्देशन दिएका छ ।
उक्त निर्देशको पालना गर्दै यस अवधिभर सम्पूर्ण नगरवासीलाई घरबाट ननिस्कन शाक्यले आग्रह गरे ।
यसै सन्दर्भमा सर्वसाधारण नागरिकलाई आवश्यक पर्ने औषधी, खाद्यान्न लगायतका सामग्री अभाव हुन नदिइ सुलभ तरीकाले विक्री वितरण गरिदिनका लागि शाक्यले सम्बद्ध व्यवसायीलाई अपीलमार्फत आग्रह गरेका छन् ।
सम्भावित महामारीविरुद्ध सचेत र सतर्क भई प्रतिरोध गर्नुपर्ने यो अवस्थामा नगरवासीलाई आइपर्न सक्ने कुनै पनि प्रकारको समस्या र अप्ठ्यारोमा सहयोग गर्न काठमाडौं महानगरपालिकाका सबै जनप्रतिनिधि र कर्मचारीवर्गलाई पनि सतर्क अवस्थामा रहिरहन उनको निर्देशन रहेको छ ।
कोरोना संक्रमणको आशंका भएमा तत्काल अस्पताल लग्न १०२मा फोन गरी एम्बुलेन्स बोलाउन पनि उनले आग्रह गरेका छन् । काठमाडौं महानगरपालिकाको सहयोगमा संचालित नेपाल एम्बुलेन्स सेवा जनशक्ति र स्वास्थ्य सामाग्रीसहित तयारी अवस्थामा रहेको अपीलमा भनिएको छ ।
कोरोना संक्रमणको आशंका भएमा काठमाडौं महानगरपालिकाको टोल फ्रि नम्बर ११८०मा सूचना दिनसकिने व्यवस्था पनि मिलाइएको छ ।
लकडाउन अवधिभर कुनै पनि नगरवासीलाई केही समस्या परेमा सहयोगका लागि आफ्ना जनप्रतिनिधिलाई सीधै सम्पर्क गर्न सकिने पनि जनाइएको छ । काठमाडौं महानगरका प्रमुख, उपप्रमुख साथै सम्पूर्ण जनप्रतिनिधिको फोन नम्बरहरु खुल्ला रहिरहने जानकारी अपीलमार्फत दिइएको छ ।
प्रमुख/उपप्रमुख :
विद्यासुन्दर शाक्य ९८५१२७९९००
हरिप्रभा खड्गी श्रेष्ठ ९८५१२७९८९९
वडा अध्यक्षहरुको सम्पर्क नम्बर :
१) भरतलाल श्रेष्ठ ९८५१२७९९०१
२) राजेन्द्रकुमार श्रेष्ठ ९८५१२७९९०२
३) दिपक के.सी. ९८५१२७९९०३
४) मोहन बिष्ट ९८५१२७९९०४
५) रमेश डंगोल ९८५१२७९९०५
६) दिपेन्द्र लामा ९८५१२७९९०६
७) शुद्ध डंगोल ९८५१२७९९०७
८) दिनेशकुमार डंगोल ९८५१२७९९०८
९) रामकृष्ण जयखु श्रेष्ठ ९८५१२७९९०९
१०) रामकुमार के.सी. ९८५१२७९९१०
११) हिरालाल तण्डुकार ९८५१२७९९११
१२) विकास डंगोल ९८५१२७९९१२
१३) ध्रुवनारायण मानन्धर ९८५१२७९९१३
१४) शोभा सापकोटा ९८५१२७९९१४
१५) इश्वरमान डंगोल ९८५१२७९९१५
१६) मुकुन्द रिजाल ९८५१२७९९१६
१७) नवीन मानन्धर ९८५१२७९९१७
१८) न्हुछेकाजी महर्जन ९८५१२७९९१८
१९) शशिलाल श्रेष्ठ ९८५१२७९९१९
२०) राजेन्द्र मानन्धर ९८५१२७९९२०
२१) उदयचुडामणि वज्राचार्य ९८५१२७९९२१
२२) चिनीकाजी महर्जन ९८५१२७९९२२
२३) मचाराजा महर्जन ९८५१२७९९२३
२४) बालकृष्ण श्रेष्ठ ९८५१२७९९२४
२५) नीलकाजी शाक्य ९८५१२७९९२५
२६) ख्यामराज तिवारी ९८५१२७९९२६
२७) चिनियामान वज्राचार्य ९८५१२७९९२७
२८) भाइराम खड्गी ९८५१२७९९२८
२९) कुश ढकाल ९८५१२७९९२९
३०) दलबहादुर कार्की ९८५१२७९९३०
३१) नारायणप्रसाद भण्डारी ९८५१२७९९३१
३२) नवराज पराजुली ९८५१२७९९३२
कार्यपालिका सदस्यहरु :
लक्ष्मी श्रेष्ठ ९८५१२७९९५१
रमिताकमल स्थापित ९८५१२७९९५२
रश्मी खड्का ९८५१२७९९५३
कान्ता अधिकारी गौतम ९८५१२७९९५४
हिरादेवी पोखरेल ९८५१२७९९५५
पासाङ नूर्वु लामा ९८५१२७९९५६
दिपक गोर्खाली राई ९८५१२७९९५७
प्रेम पोडे पुजारी ९८५१२७९९५८
Categorized in स्थानीय