arin enterprises

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बाघको सर्वेक्षण सुरु

SamacharDesk – Ram Dangol | २०७८ माघ २९, शनिबार

राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण कार्य सुरु गरिएको छ ।
निकुञ्ज क्षेत्रमा भएको बाघको संख्या पत्ता लगाउनका लागि सर्वेक्षण कार्य सुरु गरिएको हो । बाघ सर्वेक्षण निकुञ्जको शुक्लाफाँटा क्षेत्र,  लालझाडी र जोगबुढा क्षेत्रमा बाघ सर्वेक्षण कार्य थालनी भएको छ ।
सर्वेक्षणका लागि निकुञ्ज कार्यालयले २ किलो मिटर लम्बाइ तथा २ किलोमिटर चौडाइ भएका २ सय ६० वडा ग्रीडहरुमा विभाजन गरिएको छ ।
यसैगरी सर्वेक्षणका लागि बाघको फोटो खिच्नका लागि स्वचालित क्यामराको प्रयोग गरी सर्वेक्षण गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले बताए ।
बाघ सर्वेक्षणका लागि कुल ५ सय २० थान क्यामेरा, ७० जना प्राविधिक र ५ ओटा हात्ती परिचालन गरिने निकुञ्ज कार्यालयले बताएको छ । तीन सातामा बाघ गणना सम्पन्न हुनेछ ।
शुक्लाफाँटामा सन् २००९ देखि बाघ गणना हुँदै आएको छ । सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पुर्याउने सरकारको लक्ष्यअनुरुप शुक्लाफाँटामा समेत बाघको संख्या दोब्बर गर्ने लक्ष्य राखिएको छ ।
निकुञ्जमा यसअघि गरिएको राष्ट्रिय सर्वेक्षण अनुसार १६ वटा बाघ भेटिएका थिए ।

Categorized in समाज