संगीतको माध्यमले गायिका देशुको सामाजिक अभियान
SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७६ मङ्सिर २२, आइतबार

गीत तथा सामाजिक सेवाको माध्यमवाट विश्वमाझ नेपाल र नेपाली चिनाउने अभियानमा लागेकी गायिका देशु गोलेले नेपालमा देशु गोले फाउण्डेसन नेपाल नामक सामाजिक संस्था खोलेकी छन्।
असहाय–अनाथ बालबालिकालाई सहयोग गर्नुकोसाथै विपन्न वर्गको पूनर्उत्थानका लागि विविध सामाजिक कार्य गर्नका लागि संस्थाको स्थापना गरेको जानकारी गायिका गोलेले दिएकी छन्।
हाल बेलायतमा रहेकी देशु गोले बेलायतवाट बेला–बेला नेपाल आएर गीत रेकर्ड गर्ने तथा विभिन्न सामाजिक सेवा गर्ने कार्य गर्दैआएकी छन्। गायिका गोलेले बेलायत लगायत विभिन्न मुलुकवाट संकलन गरेको सहयोग नेपालमा वितरण पनि गर्दै आएकी छिन् ।
यसअघि गोलेले, धरान १५ श्यामचोकमा रहेको नियूने लाखाङ्ग गुम्वा निर्माण र गुम्वाका लागि आवश्यक सामाग्री खरिद गर्न ८ लाख ३० हजार रुपैया सहयोग प्रदान गरेकी छिन्। गायिका गोलेले सो गुम्वामा आश्रित अनाथ तथा असहाय वालवालिकाको शिक्षाका लागि देशु गोले फाउण्डेसन नेपालले ६ लाख ३६ हजार ८ सय २० रुपैयाको अक्षय कोष पनि स्थापना गरेकी छन्।
अक्षयकोषवाट आर्जित व्याज रकमवाट अनाथ तथा असहाय बालबालिकाको शिक्षामा टेवा पुग्ने जिकिर गोलेको रहेको छ। असहाय तथा अनाथ वालवालिकाको शिक्षाका लागि स्थापना गर्न लागिएको सो अक्षयकोषमा बेलायतमा आव्हान गरेअनुरुप रकम संकलन भएको हो।
गुम्वाले सडकबाट उद्धर गरिएका १२ जना वालवालिकालाई गाँस, बास, कपाससहित शिशु कक्षा देखि १० सम्म अंग्रेजी माध्यममा शिक्षा प्रदान गर्दै आएको छ।
त्यसको अलावा, गायिका गोलेले सुरेन्द्र बमजनको खुट्टा उपचारको लागि पनि १६ हजार रकम सहयोग गरेकि छिन्। खेलकुड सामाग्री जोड्नका लागि धरान फुटबल क्लब लाई २५ हजार प्रदान गरिएको छ । त्यस्तै एक पीडित महिलालाई उपचार्थ ९ हजार रकम सहयोग गर्ने कार्य पनि गायिका गोलेवाट भएको छ। त्यस्तैगरेर, नगद २ हजारको दरले ५ जनालाई आर्थिक सहयोग गर्ने कार्य गरेका गोलले तामाङ्ग सेलो संगीत र तामाङ्ग खाना महाउत्सबलाई १० हजार दिनुको अलावा अरु थुप्रै दान–धर्म गरेकी छन्।
बेलायतमा विगत १३ बर्षदेखि बस्दैआएकी गायिका देशुले उतै हुने स्टेज कार्यक्रमहरुमा पनि गाउँदै आएकि छिन्।
Categorized in पेजथ्री