सगरमाथा आरोही कल्पना महर्जन इलाम पर्यटनको सद्भावना दूत नियुक्त
SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण १३, शुक्रबार

पत्रकार तथा विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोही कल्पना महर्जन सद्भावना दूत बनेकी छिन् ।
उनी इलाम नगरपालिकाको पर्यटन सद्भावना दूतमा नियुक्त हुनुभएको हो । पत्रकार समेत रहनुभएका महर्जन र इलाम नगरपालिकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
इलाम नगरपालिकाको प्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्वाङको उपस्थितिमा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेल र सद्भावना दूतमा नियुक्त विश्व कीर्तिमानी आरोही महर्जनले हस्ताक्षर गरेका हुन् ।
महर्जनले २०७५ जेठ ९ गते नेपालतिरबाट र २०७६ जेठ ९ गतेकै दिन तिब्बती मोहोडाबाट सगरमाथाको आरोहण गरेकी हुन् । महर्जनले दुवै तर्फबाट सगरमाथाको आरोहण गर्ने पहिलो महिला पत्रकार हुन् ।
महर्जनसँगै नगरपालिकाले इलामका पहिलो सगरमाथा आरोही याम बहादुर गुरुङलाई पनि पर्यटन सद्भावना दूतमा नियुक्त गर्ने निर्णय गरेको हो । महर्जनले इलाम नगरपालिका क्षेत्रको पर्यटकीय स्थलहरूको प्रचार प्रसारको काम गर्नेछिन् ।
Categorized in समाज