arin enterprises

सांसद श्रेष्ठबाट भजन संस्थालाई सहयोग

SamacharDesk – सोसियल ब्यूरो | २०७६ पौष ६, आइतबार

संघीय सांसद जीवनराम श्रेष्ठले कामपा १९ वडा ढोकाटोलस्थित श्री बालगोपाल भजन संचालन संस्थालाई वाद्य सामग्री सहयोग प्रदान गर्नुभएको छ ।

सांसद श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारेर संस्थालाई वाद्य सामग्री हस्तान्तरण गर्नुभएको हो । ढोकाटोलमै आयोजित एक कार्यक्रमबीच श्रेष्ठले संस्थाकी अध्यक्ष अम्विका सिंहलाई वाद्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

‘जन्मदिन हरेक वर्ष मनाउँदै आएको छु, यस वर्ष भने विशेष रह्यो’ सांसद श्रेष्ठले भन्नुभयो, ‘यो वर्ष यस्तो पुण्य काम गर्न पाउँदा मलाई निकै आनन्दको अनुभूति भयो ।’

कार्यक्रममा कामपा १९ वडाध्यक्ष शशीलाल श्रेष्ठ र १८ वडाध्यक्ष न्हुछेँकाजी महर्जन पनि उपस्थिति थियो ।

मन्तव्यको क्रममा वडाध्यक्ष शशीलाल श्रेष्ठले सांसद श्रेष्ठको सामाजिक कामको प्रशंसा गर्नुभयो ।

Categorized in समाज