arin enterprises

सेनाले बनाइरहेको होल्डिङ सेन्टरको काम अन्तिम चरणमा

SamacharDesk – Ram Dangol | २०७८ माघ २८, शुक्रबार

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा निर्माणाधिन होल्डिङ सेन्टर प्रधानसेनापति प्रभुराम शर्माले आज निरीक्षण गर्नु भएको छ ।

एक हजार क्षमताको यो निर्माणाधिन होल्डिङ सेन्टर बनाउन गत वैशाख महिनामा सरकारले सेनालाई निर्माणको जिम्मा दिएको थियो ।

कार्यक्रममा रक्षासचिव किरणराज शर्मासहित सुदूरपश्चिम प्रदेश पुग्नुभएका सेनापती शर्माले निरीक्षण गर्नु भएको हो । सेनामार्फत् निर्माणको ठेक्का पाएको हनुमान कन्सट्रक्सन प्रालिका साइट इन्चार्ज लक्ष्मण सापकोटाले होल्डिङ सेन्टरको ९५ प्रतिशत काम सकिएको भन्दै यही फागुन मसान्तभित्र प्रदेश सरकारलाई हस्तान्तरण गर्ने जानकारी दिनुभयो ।

तीन बिगाहा क्षेत्रफलमा निर्माण भइरहेको स्थायी होल्डिङ सेन्टरको बाइसवटा अलग अलग ब्लक निर्माण भएका छन् ।

नेपाल सरकारले भारतबाट भित्रिएका नेपाली नागरिकहरूलाई कोरोना संक्रमण भए–नभएको परीक्षण गरेर मात्रै गन्तव्यमा जान दिने वा अस्पताल÷आइसोलेसनमा पठाउने गरी नेपाल–भारत सीमानाका नजिकै ८ र उपत्यकामा २ गरी १० ठाउँमा प्रत्येकमा हजार जना मानिस अट्ने क्षमताका होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो ।

Categorized in राष्ट्रिय