arin enterprises

‘दुई जना उभिदैमा संसद रोकिन्न’

SamacharDesk – समाचारडेस्क – पोलिटिक्स ब्युरो | २०७५ आषाढ ३०, शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीले अब दुई जना सांसद उभिएकै भरमा संसद अवरुद्ध नहुने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ३ नम्बर प्रदेशका सांसदहरुसँगको शुक्रबारको भेटमा प्रधानमन्त्री ओलीले एउटा निहुँ बनाई दुई जना सांसद उभिँदैमा संसदका सवै गतिविधि अवरुद्ध हुने प्रथा अब रोकिने बताए ।

‘कांग्रेसले झिनामसिना कुरा झिक्ने, दुईजना सांसद ठिङ्ग उभिने, अनि संसदको कारबाही अवरुद्ध हुने । अब यस्तो हुँदैन । दुईचार जना मान्छे गलत नियतले उभिदा संसद रोकिँदैन ।’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

देश विकासका कुरा, जनताको चासोका कुरा बहस गर्ने थलोलाई कोही मान्छेको स्वार्थ पूरा गर्नका लागि प्रयोग गर्न नहुने उनको भनाइ छ । ‘हामी दुईतिहाइ बहुमतमा छौं । हाम्रा माननीयहरुले विकासका कुरा संसदमा जोडदार उठाउनुपर्छ । अडानमा बसेर कुरा राख्नुपर्छ’ ओलीले भने ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले साउनाभित्रै पार्टीका सबै कमिटीहरुलाई पूर्णता दिने बताएका छन् ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082