arin enterprises

‘नेपाललाई स्वतन्त्र राष्ट्र भनी रन्जना लिपिले चिनाएको हो’

SamacharDesk – सोसियल ब्युरो | २०७५ आश्विन २१, आइतबार

संयुक्त राष्ट्रसंघमा नेपालको तर्फबाट रन्जना लिपि नै दर्ता भएको र यसको प्रमाण आफुसँग भएको दावी नेता मल्ल के. सुन्दरले दावी गर्नुभएको छ । ललितपुरमा आयोजित रञ्जना लिपि सम्बन्धी कार्यशालामा नेता मल्लले यस्तो दावी गर्नुभएको हो ।

नेपाल लिपि गुथि र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा ललिपतुरमा शनिबार सम्पन्न भएको कार्यशालामा नेता मल्लले नेपालले संयुक्त राष्ट्र संघमा स्वतन्त्र राष्ट्रको रुपमा दर्ता गर्ने क्रममा रञ्जना लिपि समावेश गरेको बताउनुभयो । आफु संयुक्त राष्ट्र संघ पुग्दा सोको प्रमाणको रुपमा दस्तावेजको फोटोकपि पनि लिएर आएको मल्लले उल्लेख गर्नुभयो । 

कार्यशालामा रञ्जना लिपि सम्बन्धी विभिन्न कार्यपत्रहरु प्रस्तुत गरिनुका साथै कार्यपत्र उपर छलफल पनि गरिएको थियो । प्राध्यापक एवम् अन्वेषक काशीनाथ तमोटले रञ्जना लिपिको ऐतिहासिक पक्षलाई लिएर कार्यपत्र प्रस्तुत गर्नुयभो । उक्त कार्यपत्र उपर इतिहासकार एवम् लिपि अन्वेशक डा नयनाथ पौडेलले टिप्पणी गर्दै रञ्जना लिपिको उद्भव नेपाल भूमिमै भएको हुनुपर्ने तथ्य प्रकाश पारे ।

आशा सपूmकुथिका पुस्तकालयध्यक्ष एवम् गुथिका प्राज्ञ शरद कसाःले प्रस्तुत गर्नुभएको रञ्जना लिपिको आकारका सम्बन्धी कार्यपत्रमाथि सह प्राध्यापक क्यालिग्राफर डा मिलनरत्न शाक्यले टिप्पणी गर्नुभयो ।

नेपालभाषा केन्द्रिय विभागका प्रमुख, सहप्राध्यापक डा ओमकारेश्वर श्रेष्ठले रञ्जना लिपिको परिचयबारे कार्यपत्र प्रस्तुत गर्नुभयो भने प्रा. डा. निर्मलमान तुलाधरले त्यसमाथि टिप्पणी गर्नुभयो । रञ्जना लिपिको साँस्कृतिक पक्षमाथि नेपालभाषा केन्द्रिय विभागका उपप्राध्यापक राजनलाल जोशीले प्रस्तुत गर्नुभएको कार्यपत्र उपर प्रा. डा. चुन्दा बज्राचार्यले टिप्पणी गर्नुभयो ।

गुथिका अध्यक्ष निरञ्जनरत्न ताम्राकार र उपाध्यक्ष अनिल स्थापितले गोष्ठीमा सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । कार्यशालाका संयोजक गुथिका कार्यकारिणी सदस्य निर्मल बज्राचार्यले गुथिबाट निकट भविष्यमा प्रकाशन हुन लागेको रञ्जना लिपिको वर्णमालामा उक्त कार्यशालाको निचोड पनि प्रकाशन गरिने जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन प्रदेश नम्बर ३ का सांसद राजेश शाक्यले गर्नुभएको थियो । 

Categorized in समाज