arin enterprises

अन्तरविद्यालय फुटसल तथा बास्केटबल प्रतियोगीता हुने

SamacharDesk – बिराज | २०८३ भाद्र २८, आइतबार

न्यू जेनिथ कप अन्तरविद्यालय फुटसल तथा बास्केटबल प्रतियोगीता भोलि (सोमबार) बाट सुरु हुने भएको छ ।

ताम्सीपाखा विष्णुमति लिंकरोडस्थित न्यू जेनिथ इङ्गलिस मोडल स्कूलको आयोजनामा भोलिबाट चौथो अन्तरविद्यालय फुटसल र बास्केटबल प्रतियोगीता सुरु हुन लागेको हो ।

भोलि बिहान एक भव्य कार्यक्रमको आयोजना गरी प्रतियोगीताको उद्घाटन गरिने स्कूलले बताएको छ ।

स्कूलले गत शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगीता र प्रतियोगीताको तयारीबारे जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा स्कूलका प्रधानाध्यापक राजु महर्जनले विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा बृद्धि गर्नुका साथै सम्पूर्ण व्यक्तित्व विकासका लागि स्कूलले विभिन्न किसिमका अतिरिक्त क्रियाकलापको साथमा खेलकुद प्रतियोगीताहरु निरन्तर गर्दै आएको बताए ।

‘हामीले सुरुमा दुई संस्करणसम्म त बास्केटबल प्रतियोगीता मात्र गर्यौं । आफ्नै फुटसल ग्राउन्ड बनाइसकेपछि यो दोश्रो पल्ट फुटसल प्रतियोगीता पनि गर्न लागेका छौं । प्रतियोगीसँगै हामी पनि उत्साहित छौं, प्रतियोगीता सुरु गर्न’ प्रधानाध्यापक महर्जनले भने ।

प्रतियोगीताका कोअर्डिनेटर रोशन थापा मगरले विभिन्न स्थानका जम्मा ४३ वटा स्कूलले प्रतियोगीतामा भाग लिएका जानकारी दिए ।

प्रतियोगीतामा काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकासँगै चन्द्रागिरि, कीर्तिपुर, तारकेश्वर र बुढानीलकण्ठ नगरपालिकाका स्कूलहरुको सहभागीता रहेको मगरले जानकारी दिए ।

प्रतियागीतामा ४३ वटा विद्यालयबीच ६ वटा क्याटगरीमा प्रतिस्पर्धा हुने बताइएको छ ।

फुटसल प्रतियोगीतामा अन्डर ११ ब्वाइज, अन्डर १३ ब्वाइज, अन्डर १६ ब्वाइज, अन्डर १६ गल्र्स प्रतियोगीता हुनेछ । त्यस्तै बास्केटबलतर्फ सिनियर ब्वाइज बास्केटबल र सिनियर गर्ल्स बास्केटबल प्रतियोगीता हुनेछ ।

बिजयी हुने टीमहरुलाई मेडल र ट्रफि प्रदान गरिनेछ । प्रतियोगीता आयोजनाका लागि करीब ४ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । 

Categorized in स्पाेर्ट्स