arin enterprises

‘लिबाय् धुंकाः’ अब ढिला नहुने

SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७६ जेठ २५, शनिबार

‘लिबाय् धुंकाः’ अर्थात ढिला भएपछि । लिबाय् धुंकाः अब भने ढिला नहुने भएको छ । प्रसङ्ग हो, नेपालभाषाको नयाँ चलचित्र ‘लिबाय् धुंकाः’को । अडियो भिडियो स्टेशन प्रा.लि.को व्यानरमा बनेको नेपालभाषाको नयाँ चलचित्र लिबाय् धुंकाः यहि ज्येष्ठ ३० गते रिलिज हुने भएको छ ।

आज व्यानर कम्पनीले ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आउँदो ज्येष्ठ ३० गते विहिबारका दिन गुण सिनेमा ग्वार्कोमा च्यारिटि शो गर्दै चलचित्र रिलिज गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै निर्देशक राजेशमान सिंहले यस चलचित्रलाई आफुले विगतको भन्दा फरक बनाउन खोजेको बताए । अघिल्लो चार चलचित्रहरु हास्य प्रधान बनाएकोमा यस चलचित्रमा हास्यको साथै एक्सन, रोमान्स खालका चलचित्रलाई चाहिने सम्पूर्ण पक्षहरु समावेश गरेको निर्देशक सिंहको भनाई थियो ।

हास्य कलाकारको रुपमा चिनिएका कलाकार आशाकाजी थकुलाई पनि यस चलचित्रमा हास्यको साथमा गम्भीर भूमिकामा हेर्न पाइने जानकारी पनि सिंहले दिनुभयो ।

पत्रकारको जिज्ञासाको जवाफ दिँदै सिंहले राज्यको विदेभकारी नीतिका कारण मातृभाषाका चलचित्रहरुले उचित बजार पाउन नसकेको बताउनुभयो । ठुला बजेटका चलचित्र सरह नै शुल्क लगाइदिँदा साना बजेटका मातृभाषि चलचित्रहरु मारमा परेको उहाँको भनाई थियो ।

सिनेमा हलहरुमा पनि ठुला चलचित्रले मात्र ठाउँ पाउने अवस्थामा मातृभाषी चलचित्रहरुको बजार च्यारिटि शोमै सिमित भएको सिंहको भनाई हो ।

सोही पत्रकार सम्मेलनमा चलचित्रको प्रोमो र एउटा गीत समेत सार्वजनिक गरिएको थियो ।

पत्रकार सम्मेलनमा चलचित्रका कलाकारहरु आशाकाजी थकु, नारायणदेवी प्रधान, आर.एल. महर्जन, मञ्जु श्रेष्ठ विजुली, आराध्यालक्ष्मी खड्गीको पनि उपस्थिती थियो ।

Categorized in पेजथ्री