arin enterprises

करीब १४४ के.जी. गाँजा बरामद

SamacharDesk | २०७९ श्रावण २५, बुधबार

पर्सा प्रहरीले करिब १४४ केजी गाँजासहित एउटा ट्रक समातेको छ ।

बीरगंज परवानीपुर सडक खण्डस्थित बहुअरी चोकबाट उक्त परिमाणमा गाँजा बरामद गरेको हो ।

सो ठाउँमा रोकी राखेको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय ट्रकबाट उक्त गाँजा बरामद गरेको होे ।

गाडीको हुटमा लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित परिमाणको गाँजाको १० वटा प्याकेट फेला परेपछि गाँजासहित उक्त ट्रक नियन्त्रणमा लिइएको हो ।

बरामद गाँजा र ट्रक जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।    

Categorized in अपराध