arin enterprises

लागूऔषधसहित १५ जना हिरासतमा

SamacharDesk | २०७९ भाद्र २१, मंगलबार

लागु औषध नियन्त्रण ब्यूरोले अवैध लागु औषध खैरो हिरोइन, गाँजा र नियन्त्रित लागु औषध एम्पुलसहित १५ जनालाई पक्राउ गरेको छ ।

ब्यूरोले आज पत्रकार सम्मेलन गरेर १६ गतेदेखि २० गतेको अवधिसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवैध लागु औषध खैरो हिरोइन, लागु औषध गाँजा र नियन्त्रित लागु औषध एम्पुलको कारोबार गर्ने १५ जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।

उनीहरुको साथबाट खैरो हिरोइन, नियन्त्रित लागु औषध ब्रुपेनोर्फिन, डाईजेपाम र फेनारगनलगायत बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले बताउनु भयो ।

त्यसैगरी लागु औषधको बिक्री वितरणबाट प्राप्त १० लाख ६२ हजार एक सय रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ ।

त्यस्तै पार्सलको रुपमा अमेरिकाबाट आएको २ किलोग्राम गाँजा र हिरोइन जोख्न प्रयोग गरिने ४ वटा डिजिटल तराजु पनि बरामद गरिएको उहाँले उल्लेख गर्नुभयो ।

Categorized in अपराध