१५ औं किसिपिडि बुदोकैदो कराँते प्रतियोगिता सम्पन्न
SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ चैत्र २३, सोमबार

१५ औं राष्ट्रिय किसिपिडी बुदोकैदो फुल कन्ट्याक्ट कराँते प्रतियोगीता सम्पन्न भएको छ । नेपाल बुदोकैदो फुल कन्ट्याक्ट एसोशियसन किसिपिडी शाखाले वर्षेनी आयोजना गर्दै आएको प्रतियोगीताको १५ औं संस्करण गत शनिबार सम्पन्न भएको हो ।
शुक्रबार चन्द्रागिरी नगरपालिका प्रमुख घनश्याम गिरीबाट उद्घाटन भई शुरु भएको प्रतियोगीतामा विभिन्न वेट क्याटगोरीमा प्रतियोगीता भई शनिबार सम्पन्न गरिएको हो ।
शनिबार प्रतियोगीता सम्पन्न भएसँगै समापन कार्यक्रम आयोजना गर्दै विजेतालाई ट्रफि र प्रमाण पत्र प्रदान गरीयो ।
समापन कार्यक्रममा वागमती प्रदेश सांसद रमा आलेमगर, चन्द्रागिरी नगरपालिकाया उपप्रमुख लिसा नकर्मी, द्वन्द निर्देशक राजेन्द्र खड्गी लगायतले विजयी प्रतियोगीहरुलाई कप, मेडल र प्रमाण पत्र प्रदान गर्नुभयो ।
सोही कार्यक्रममा किसिपिडी शाखाका प्रशिक्षकद्वय चन्द्र महर्जन र मदन महर्जनलाई सम्मान समेत गरिएको थियो ।
Categorized in स्पाेर्ट्स