arin enterprises

करेन्ट लागेर १७ वर्षीय युवकको मृत्यु

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ जेठ २३, सोमबार

झापामा आज विहान करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ ।

झापाको गौरिगंज गाउँपालिका–५ फत्तेपुर बस्ने १७ वर्षीय रोहित सिंह गनगाईको करेन्ट लागेर मृत्यु भएको हो ।

छिमेकीको छोरीको बिहेमा प्रयोग भएको जेनेरेटरको तार फुकाल्ने क्रममा गनगाईलाई करेन्ट लागेको थियो ।

अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि लाइफ लाइन अस्पताल दमक लगिएको थियो ।

सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । 

Categorized in समाज