१७औं शताब्दीको पुरातात्विक सम्पदाहरु अमेरिकाद्वारा फिर्ता
SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण १८, बुधबार

पुरातात्विक महत्व बोकेको नेपालको सांस्कृतिक सम्पदाहरु अमेरिकाले नेपाललाई फिर्ता पठाएको छ ।
विभिन्न समयमा चोरी भएर विभिन्न मुलुक हुँदै अमेरिकाको म्युजियमहरूमा पुगेका ती सम्पदाहरु बुधबार अमेरिकाको न्यूयोर्कस्थित रुविन म्युजिमय अफ आर्टका कार्यकारी निर्देशक डा. जोरिट बिट्सचेगीले फिर्ता गरेका हुन् ।
ती सम्पदाहरु १७ औं शताब्दीको काठको कलात्मक तोरण, १४ औं शताब्दी कालका उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठकला र १३ औं शताब्दीको मल्लकालिन ध्यानमुद्रामा रहेको प्रस्तरको बुद्धको मूर्ति पुरातत्व विभागलाई हस्तान्तरण गर्नुभएको हो ।
उक्त सम्पदाको मूलय करिब २२ हजार अमेरिकी डलर बराबरको रहेको विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिनुभयो । उहाँले सो मूर्ति राष्ट्रिय संग्राहलयमा तत्कालका लागि राख्ने र पछि हराएको ठाउँमा नै सुरक्षित ढंगले प्रतिस्थापन गर्ने जानकारी दिनुभयो ।
पूरातत्व विभागका अनुसार नेपालबाट गैरकानुनी ढंगले चोरी भई विभिन्न मुलुकमा निकासी भएका पुरातात्विक महत्वका सम्पदाहरू ७६ वटा फिर्ता भइसकेका छन् ।
Categorized in समाज