arin enterprises

आइजीपीसहित १९ प्रहरी अधिकारीले अवकाश लिँदै

SamacharDesk | २०७९ बैशाख १८, आइतबार

आजको मन्त्रिपरिषद वैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नियुक्त गर्ने संभावना रहेको छ ।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्रका महानिरीक्षक पुष्पराम केसी आजदेखि अनिवार्य अवकाशमा जाने भएकाले दुवै संगठनमा आजै नेतृत्व तोक्नुपर्ने बाध्यतामा सरकार रहेको छ । सशस्त्र प्रहरीमा राजु अर्याल एक मात्र अतिरिक्त महानिरीक्षक भएकाले उहाँ नै महानिरीक्षक बन्ने पक्का छ । महानिरीक्षक बन्न चार जना एआईजीहरु प्रतिस्पर्धामा छन् जसले गर्दा कसले नयाँ महानिरीक्षकको जिम्मेवारी पाउँछन् भन्ने अन्यौल छ ।  

आज १२ बजेदेखि नै महानिरीक्षक ९आईजीपी० शैलेश थापा क्षेत्रीसहित १९ जना उच्च प्रहरी अधिकारी आजदेखि अवकाश पाउँदै हुनुहुन्छ । विक्रम संवत् २०४९ साल वैशाख १९ गते नेपाल प्रहरीको निरीक्षक ९ईन्पेक्टर० मा भर्ना भएको ९८ औं ब्याचले ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश पाउने भएको हो ।

तीस बर्षे सेवा अवधिका कारण बिदा लिनेमा प्रहरी महानिरीक्षक क्षेत्री, प्रहरी अतिरिक्त महानिरीक्षकहरू हरिबहादुर पाल प्रधुम्न कार्की, निरजबहादुर शाही हुनुहुन्छ । त्यस्तै, सोही ब्याचका ११ जना प्रहरी नायब महानिरीक्षक ९डिआईजी० हरू समेत आजैदेअखि अवकाशमा जाँदै हुनुहुन्छ । सेवामा अवधिका कारण अनिवार्य अवकाशमा जाने डिआईजीहरूमा धनश्याम अर्याल, प्रकाशजंग कार्की, गणेशबहादुर ऐर, राम कृपाल साह, प्रकाश अधिकारी, नवराज भट्ट ,उमेश रञ्जितकार, देवबहादुर बोहोरा, पुरूषोत्तम कणेल, राजेन्द्र चौधरी हुनुहुन्छ ।

डिआईजी राजेशलाल कर्ण उमेर हदका कारण गत हप्तामात्र अवकाशमा जानु भएको थियो। त्यस्तै, सोही ब्याचका तीनजना प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० हरू प्रदिप श्रेष्ठ , वीरेन्द्र वस्याल नवराज भट्टसमेत आजैदेखि तीसबर्षे सेवा अवधि हदम्यादका कारण  अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ ।

Categorized in राष्ट्रिय