arin enterprises

१९ वर्षीया किशोरी बलात्कृत

SamacharDesk – क्राइम ब्यूरो | २०७९ जेठ १९, बिहिबार

पाल्पामा एक १९ वर्षीया किशोरीलाई जबरजस्ती गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।

किशोरीलाई जबरजस्ती गरेको अभियोगमा तिनाउ गाउँपालिका–५ कैलाशनगरका ४१ वर्षीय वीर बहादुर पौडेल क्षेत्रीलाई पक्राउ गरिएको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा तिनाउकै सिद्धबाबास्थित पावर हाउसको प्रतिक्षालय नजिक क्षेत्रीले ती किशोरीलाई मंगलबार जबरजस्ती करणी देखिएको प्रहरीले बताएको छ ।

प्रहरी चौकी दोभान र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Categorized in अपराध