प्रथम प्रहरी महानिरीक्षक विद्यालय स्तरीय राष्ट्रिय तेक्वान्डो प्रतियोगिता सम्पन्न
SamacharDesk – समाचारडेस्क स्पाेर्ट्स रिपाेर्टर | २०८१ फाल्गुण १७, शनिबार

प्रथम प्रहरी महानिरीक्षक विद्यालय स्तरीय राष्ट्रिय तेक्वान्डो प्रतियोगिता–२०८१ सम्पन्न भएको छ ।
शनिबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल सामाखुसीमा संचालित प्रतियोगीताको समापन गरिएको हो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रतियोगितामा विभिन्न विधामा विजयी हुने खेलाडीहरूलाई पदक, प्रमाणपत्र र ट्रफि प्रदान गरे ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रतियोगितामा विजयी खेलाडीलाई बधाई दिँदै खेलकुदले विद्यार्थीहरूमा रहेको प्रतिभाहरूलाई प्रस्तुत गरी समग्र व्यक्तित्व विकासमा मद्दत पुग्ने विचार राखे ।
‘खेलले अनुशासन, समयको सही सदुपयोग र व्यवस्थापन, तीव्र निर्णय क्षमता, आइपर्ने चुनौतिलाई कसरी सामना गर्न सकिन्छ भन्ने शिक्षा प्रदान गर्छ । यसलाई आफ्नो व्यक्तिगत जिवनशैलीको रूपमा समेत लागु गर्नुहोला’ कुँवरको भनाई हो ।
विद्यार्थीहरूको चौतर्फी विकासको लागि विद्यालय, अभिभावक वर्ग र समाजको समेत जिम्मेवारी हुने र यसका लागि हरतरहको भूमिकामा नेपाल प्रहरीको साथ र सहयोग रहने प्रतिवद्धता समेत कुँवरले व्यक्त गरे ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले प्रतियोगितालाई सफल बनाउनको लागि सहयोग पुर्याउने विभिन्न संघसंस्था तथा व्यक्तिहरूलाई सम्मानपत्र प्रदान गरिन् ।
सो अवसरमा विद्यालयका संरक्षक र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी नायव महानिरीक्षक ध्रुवराज राउतले एनपिएस तेक्वान्दो डोजाङका पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गरे ।
यो पनि पढ्नुहोलाः प्रथम आइजिपि स्कुल लेवल नेशनल तेक्वान्डो च्याम्पियनसिप शुरू
Categorized in स्पाेर्ट्स