arin enterprises

प्रतिबन्धित भारतीय रूपैयाँसहित दुई अमेरिकी पक्राउ

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ फाल्गुण ३०, मंगलबार

प्रतिबन्धित भारतीय रूपैयाँसहित २ जना अमेरिकी नागरिकलाई काठमाडौंमा पक्राउ गरिएको छ । ३ लाख ३५ हजार भारतीय रुपैयाँसहित २ जना अमेरिकी नागरिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा अमेरिकी नागरिक ६९ वर्षीय Thupten Gelek Lhasawa र ५९ वर्षीया  Kalsang Chodon रहेका छन् ।

भिस्तारा एयरको उडानबाट काठमाडौंबाट दिल्ली जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्स रे मेसिनमा जाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

जाँचको क्रममा Thupten Gelek Lhasawa को झोलाभित्र भारतीय ५ सय दरको ३ सय थान र Kalsang Chodon को झोलाभित्र ५ सय दरको ३ सय ७० थान भारतीय रूपैयाँ फेला परेको थियो ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।  

Categorized in अपराध