arin enterprises

लागूऔषध खैरो हेरोइन सहित २ जना पक्राउ

SamacharDesk – क्राइम ब्यूराे | २०७८ फाल्गुण ६, शुक्रबार

धनगढीबाट लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।

धनगगढीको मिलन चोकबाट कंचनपुर भिमदत्त नगरपालिका–४ बस्ने २१ वर्षीया नेहा विष्ट र भारत खटिमा उत्तमसिंह नगर बस्ने २७ वर्षीय बाशुदेव विश्वासलाई प्रहरीले पक्राउ गरेको छ ।

ती दुईको साथबाट करिब २ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरूको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

Categorized in अपराध