arin enterprises

कैलालीमै २ जनाको कोरोना संक्रमणका कारण मृत्यु

SamacharDesk – विकाश | २०७७ आषाढ ४, बिहिबार

पछिल्लो २४ घन्टाभित्रमा कैलालीमै दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कैलालीको गोदावरी नगरपालिकाका एक पुरुष र लम्कीचुहा नगरापलिकाकी एक महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

कैलाली गोदावरी नगरपालिका वडा ४ का ४६ वर्षीय कोरोना संक्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । 

उपचारकै क्रममा हिजो बेलुका ७ बजेर ५२ मिनेटमा उनको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि धनगढीको नवजीवन अस्पतालमा भर्ना गरिएको थियो ।

२०७७ जेठ ३१ गते शनिबार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पताल रीफर गरीएको थियो ।

उनलाई गम्भीर खालको निमोनिया भएको अस्पताल श्रोतले बताएको छ ।

त्यसैगरी कैलालीकै लम्कीचुहा नगरपालिका २ बस्ने ४३ वर्षीया कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको छ ।

उनलाई टाउको चोट लागेपछि जेठ ३१ गते कोहलपुरको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल भर्ना गरिएको थियो ।

सब ड्यूरल हेमाटोमा भएका उनलाई सर्जरी गर्नुअघि कोरोना परिक्षणका लागि असार २ गते स्वाब नमूना संकलन गरी भेरी अस्पतालको प्रयोगशालामा पठाइएको थियो ।

तर परिक्षणको रिपोर्ट नआउँदै उनको मृत्यु भयो ।

असार ३ गते साँझ आएको उनको रिपोर्टमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

योसँगै कोरोना संक्रमणका कारण निधन हुनेको संख्या २२ पुगेको छ ।

Categorized in समाज