arin enterprises

जिप दुर्घटनामा दुई जनाको मृत्यु

SamacharDesk – समाचारडेस्क | २०८० चैत्र १५, बिहिबार

मुगुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मुगु सोरु गाउँपालिका–८ कचियामा सडकबाट क.प्र.०२–००१ ज.००५९ नम्बरको जिप सडकबाट करिब १ सय मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना भएको थियो ।

दुर्घटनामा जीप चालक सोही गाउँपालिका–७ बस्ने २२ वर्षीय कबिराज नेपाली र जिपमा सवार सोही गाउँपालिका–२ जरेपानी बस्ने २६ वर्षीया कुशुम नेपालीको घटनास्थलमै मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका जिपमा सवार ४ जनामध्ये ३ जनाको जिल्ला अस्पताल गमगढीमा उपचार भइरहेको छ ।

एक जनालाई थप उपचारको लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

Categorized in समाज