आजै फेरी दुइपल्ट भूकम्प गयो
SamacharDesk – बिराज | २०७८ जेठ ५, बुधबार

तिथिको हिसाबले आज बैसाख शुक्ल सप्तमी । आजभन्दा ६ वर्ष अघि २०७२ सालमा आजकै तिथिमा गोरखा केन्द्रविन्दु भई महाभुकम्प गएको थियो ।
आजै त्यहि तिथिको दिन विहान विहानै ३ पल्टसम्म भूकम्प गइसकेको छ ।
आज विहानै ५ बजेर ४२ मिनेटमा पहलिो भूकम्प गएको थियो भने पछि फेरी १० मिनेटको अन्तरालमा दुईपल्ट अर्को दुईवटा भूकम्प गएको छ ।
आज दोश्रो पटक ८ बजेर १६ मिनेटमा लमजुङ केन्द्रविन्दु भई ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
त्यस्तै केन्द्रका अनुसार ८ बजेर २६ मिनेटमा पनि फेरी लमजुङ नै केन्द्रविन्दु भइ ५.३ म्याग्निच्यूडको भूकम्प गएको छ ।
हालसम्म प्राप्त जानकारी अनुसार भूकम्पले लमजुङमा केही घरहरुको गारो भत्किनुका साथै ५ जना घाइतेसमेत भएका छन् ।
आज विहान ५ः४२ मा पनि लमजुङकै भुलभुले क्षेत्र केन्द्रविन्दु भइ ५.८ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
