arin enterprises

सन् २०२५ को आईपीएल र पीएसएल जुँध्ने

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ भाद्र २, बिहिबार

सन् २०२५ को ईण्डियन प्रिमियर लिग (आईपीएल) र पाकिस्तान सुपर लिग (पीएसएल) जुँध्ने  भएको छ ।

हरेक फेब्रुअरीमा पीएसएल नियमित आयोजना हुँदै आएको थियो । तर २०२५ को फेब्रुअरीमा पाकिस्तानले आईसीसी च्याम्पियन ट्रफी आयोजना गर्ने भएकाले पिएसएल पछि सरेर आइपिएलसँग जुँध्ने भएको हो ।

पाकिस्तान क्रिकेट बोर्डले मार्च र मे बीचमा पीएसएलको १० औं संस्करण आयोजना गर्दा भारतीय क्रिकेट नियन्त्रण बोर्डले मार्चको पहिलो साता देखि जुनसम्म आइपिएल आयोजना गर्नेछ ।

आईसीसीले जारी गरेको २०२३ देखि २०२७ सम्मको अन्तर्राष्ट्रिय खेल तालिकामा फेब्रुअरीमा पाकिस्तानमा च्याम्पियन ट्रफी आयोजना हुने तालिका छ ।

च्याम्पियन ट्रफी लगत्तै आईपीएललाई लामो समय रहेको र आईपीएलपछि अन्तर्राष्ट्रिय क्रिकेटको समय सुरू हुने हुँदा पीएसएल र आईपीएल एकै समयमा आयोजना हुने भएको हो ।

सन् २०२५ को पिएसएल आइपिएलसँग जुँधे पनि २०२६ मा सात महिनाभन्दा कम समयमै प्रतियोगिता आयोजना हुनेछ । यस्तै २०२७ मा हुने १२ औं संस्करण जनवरी–फेब्रुअरीको पुरानै समयमा हुनेछ । 

Categorized in स्पाेर्ट्स