arin enterprises

सवारी दुर्घटनामा २१ वर्षीय युवकको मृत्यु

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ कार्तिक २०, मंगलबार

काठमाडौंको गोकर्णेश्वरमा भएको एक सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

गोकर्णेश्व नगरपालिका–८ माकलबारीस्थित सडकमा सोमबार राती भएको दुर्घटनामा गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्दै आएका सिन्धुपाल्चोक स्याउलेका २१ वर्षीय दिनेश तामाङको मृत्यु भएको हो ।

तामाङले सडकमा चलाउँदै आएको बा.प्र०२–०१४ प २७२६ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको हो ।

स्कूटर चालक तामाङ दुर्घटनामा गम्भीर घाइते हुन पुग्दा उनलाई उपचारको लागि शंखरापुर अस्पताल नारायणटार पुर्‍याइएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

घटनाको सम्वन्धमा थप छानविन भइरहेको प्रहरीले बताएको छ ।

Categorized in समाज