भारतमा डुंगा पल्टिंदा २२ जनाको मृत्यु
SamacharDesk | २०८० बैशाख २६, मंगलबार

भारतको केरलामा यात्रुबाहक डुंगा पल्टिंदा कम्तिमा २२ जनाको मृत्यु भएको छ ।
केरलाको मलप्पुरम जिल्लाको तनुर क्षेत्रको समुद्रमा हिजो साँझ पर्यटक डुंगा पल्टिएको हो ।
मृतकहरुमा अधिकांश बालबालिका रहेका छन् भने दर्जन बढीलाई जिवितै उद्धार गरी अस्पताल भर्ना गरिएको त्यहाँको प्रहरीले जनाएको छ ।
छुट्टि मनाउन गएकाहरु बोकेको डुंगा दूर्घटना भएको र डुंगामा ४० जना बढी रहेको बताइएको छ ।
रातभर खोजतलास तथा उद्धार कार्य जारी राखिएको थियो । अहिले पनि खोजतलास जारी रहेकाले क्षतिको यकिन भइनसकको केरला सरकारले जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई जनही २ लाख रुपयाँ सहयोग घोषणा गरेका छन्।
Categorized in अन्तर्राष्ट्रिय