अवैध लागू औषध हेरोइनसहित एक युवा पक्राउ
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ पौष १७, आइतबार

कैलालीमा अवैध लागू औषध हेरोइनसहित एक युवा पक्राउ परेका छन् ।
कैलालीको भजनी नगरपालिका–३ कुसुमघाटकबाट शनिबार साँझ खैरो हिरोईनसहित जानकी गाउँपालिका–२ खर्गुवार बस्ने २३ वर्षीय सुदिप चौधरीलाई पक्राउ गरिएको हो ।
चौधरीको साथबाट करिब ४ सय ७० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ बरामद गरिएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका चौधरीलाई चेकजाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
Categorized in अपराध