मेक्सिकोको सवारी दुर्घटनामा २६ को मृत्यु
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ १, सोमबार

मेक्सिकोमा सवारी दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ । आइतबार मेक्सिकोको उत्तरी राज्यको राजधानी सियुदाद भिक्टोरिया नजिकको राजमार्गमा एक यात्रुवाहक भ्यान र मालवाहक ट्रक ठोक्किँदा २६ जनाको मृत्यु भएको हो ।
भ्यानमा परिवारका सदस्यहरू घुमघामका लागि निस्किएका थिए । ट्रक र भ्यान ठोक्किँदा आगो लागेर २६ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
मालबहाक ट्रेलरलाई तान्ने अगाडिको भाग भने दुर्घटनास्थलमा भेटिएको छैन । चालकले ट्रेलरबाट छुटाएर भागेको हुन सक्ने प्रहरीको अनुमान छ ।
फेला परेका कागजातअनुसार उनीहरू मेक्सिको नजिकैको सहरका बासिन्दा रहेको खुलेको छ ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको मेक्सिका प्रहरीले जनाएको छ ।
Categorized in अन्तर्राष्ट्रिय