arin enterprises

महानगर दिवसमा पत्रकारहरु पनि पुरस्कृत हुँदै

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ मङ्सिर २६, आइतबार

काठमाडौं महानगरको महानगर दिवसको अवसरमा यस वर्ष पनि दश जना पत्रकारहरु सुशासन पत्रकारिता पुरस्कारबाट सम्मानित हुने भएका छन् ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा महानगर प्रमुख विद्यासुन्दर शाक्यले यस वर्ष ३ दिने दिवस मनाउने बताउँदै यस्तो जानकारी गराउनुभएको हो ।

यस वर्षको २७ औं महानगर दिवस आउँदो मंसिर २७ देखि २९ गतेसम्म तीन दिन मनाउने निर्णय गरेको हो ।

कार्यक्रममा महानगर प्रमुख शाक्यले वि.सं. १९७६ पुष २ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत संरचना विकास हुँदै २०५२ सालमा काठमाडौं महानगरपालिका घोषणा गरेयता हरेक वर्ष मंसिर २९ गतेलाई महानगर दिवसको रुपमा मनाउने गरिएको जानकारी दिनुभयो ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता एवम् १५ वडाका अध्यक्ष ईश्वरमान डंगोलले २७ औँ महानगर दिवसमा, सेवाग्राही सर्वेक्षण, ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप शुरुवात, स्वास्थ्य शिविर, विशेष सरसफाइ, खेलकुद, सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिने पनि बताए ।

Categorized in स्थानीय