ब्राजिलियन मोटोभ्लगर महिला बलात्कार काण्डमा तीन जना पक्राउ
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० फाल्गुण २२, मंगलबार

भारतको झारखण्डमा ब्राजिलियन मोटोभ्लगरको सामूहिक बलात्कार काण्डमा संलग्न रहेको आरोपमा हालसम्म ३ जना पक्राउ परेका छन् । पक्राउ परेका ३ जनालाई आज अदालतमा हाजिर गराइएको छ ।
झारखण्ड प्रहरी प्रमुख अजय कुमार सिंहलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले सामूहिक बलात्कारमा संलग्न सातै जनाको पहिचान भइसकेको र अन्य चार जना फरारहरुको पनि खोजि भइरहेको जनाएको छ ।
‘घटनामा संलग्न सातै जनाको अभियुक्तको पहिचान भई तीन जना पक्राउ परीसकेका छन् । अन्य चार जना संदिग्धहरु पनि चाँडै नै पक्राउ पर्नेछन्’ इन्डियन एक्सप्रेसलाई झारखण्ड प्रहरी प्रमुख सिंहल भने ।
आफ्ना स्पेनिश श्रीमानसँगै दक्षिण एशियाको भ्रमणमा रहेकी एक ब्राजिलियन मोटोभ्लगरलाई भारतको झारखण्डमा गत शुक्रबार सात जनाको समूहले सामूहिक बलात्कार गरेको थियो ।
श्रीलंकाको भ्रमण सम्पन्न गरी भारत पुगेका उनीहरु झारखण्डको दुमका नगरमा रोकिएर टेन्ट लगाएर बसेका थिए ।
त्यहि बेला सात जनाको समूहलाई ब्राजिलियन महिला र उनका श्रीमानसमेतलाई कुटपिट गर्नुका साथै सरसामानहरु पनि लुटेर लगेका थिए । महिलालाई भने सातै जनाले बलात्कार समेत गरेका थिए ।
‘तिनीहरुले मलाई कुटे, धेरै सामानहरु त लुटेर लगेनन्, किनकि उनीहरुको उद्देश्य मलाई बलात्कार गर्नु नै थियो’ २८ वर्षीया महिलाले भनिन् ।
उनका श्रीमानलाई भने निकै कुटेको मुखमा गहिरो चोट लागेको बताइएको छ ।
भारतीय मोटोभ्लगरहरुबाट घटनाको विरोध
यस घटनाको भारतमा भने सर्वत्र विरोध भइरहेको छ । विशेष गरी भारतीय मोटोभ्लगरहरुले भने दोषीलाई कडा कारवाहीको माग गरेका छन् ।
UK07 नामले परिचित भारतीय मोटोभ्लगर अनुराग दोभलले यो घटना मोटोभ्लगरहरुको लागि मात्र नभई समग्र भारतकै लागि निकै लज्जास्पद रहेको बताएका छन् ।
आफु पिडितहरुको साथमा रहेको भन्दै पिडकलाई कडा कारवाही हुनुपर्ने माग उनले गरेका छन् ।
त्यस्तै जसमिन्दर सिंह (जे.एस. फिल्म्स) ले पनि घटना लगत्तै आफ्नो च्यानलमा एउटा भिडियो अपलोड गर्दै बलात्कारको घटनामा संलग्नहरुलाई चाँडो भन्दा चाँडो पक्राउ गरी कारवाही गर्न माग गरेका छन् ।
भारतमा सार्वजनिक भएको एक तथ्याङ्कका अनुसार भातरमा हरेक दिन ९० जना महिला बलात्कारको शिकार हुने गरेका छन् । जुन तथ्याङ्क अनुसार प्रत्येक १८ मिनेटमा एक जना महिला बलात्कृत हुने गर्छ ।
राजस्थान, उत्तर प्रदेश र मध्य प्रदेशमा बलात्कारका घटना बढि हुने गरेको छ ।
Categorized in अन्तर्राष्ट्रिय