arin enterprises

मोटरसाइकल चोरी गर्दै गर्दा पक्राउ

SamacharDesk – क्राइम ब्यूराे | २०७८ पौष २२, बिहिबार

वीरगंजमा मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका–१५ शिरोमणि टोल र सोही महानगरपालिका–१४ घण्टाघरबाट २ वटा मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा तिनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका–१५ का २० वर्षीय अवधेश महतो, २१ वर्षीय सुवास तिवारी र बारा कोल्हबी नगरपालिका–९ बस्ने १९ वर्षीय सबिन चौधरी रहेका छन् ।

वीरगंजको शिरोमणि टोलमा डेरा गरी बस्ने बारा सिम्रौनगढ नगरपालिका–४ का आर्यन गुप्ताले पार्किङ गरी राखेको प्रदेश २–०३–०१३ प २४५७ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा महतो र तिवारीलाई पक्राउ गरिएको हो ।

त्यस्तै वीरगंज घण्टाघरस्थित सडक छेउमा सोही ठाउँ बस्ने दिलीप पाण्डेले पार्किङ गरी राखेको ना.२५ प ८६६९ नम्वरको मोटरसाइकल चोरी गरिरहेको अवस्थामा चौधरीलाई पक्राउ गरिएको हो ।

उनीहरु उपर जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

Categorized in अपराध