arin enterprises

भरुवा बन्दुकसहित ३ जना पक्राउ

SamacharDesk – क्राइम ब्यूरो | २०७७ चैत्र १८, बुधबार

दाङमा ४ थान भरुवा बन्दुकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दाङको घोराही चंखेलिबाट मंगलबार साँझ ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

चंखेलीकै ६५ वर्षीय मोहन बहादुर नेपाली, ३६ वर्षीय मान बहादुर नेपाली र घोराहीकै गुर्जे बस्ने ६२ वर्षीय रण बहादुर बिष्टलाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ्बाट खटिएको प्रहरी टोलीले बन्दुकसहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Categorized in अपराध