सोलुखुम्बुमा रेडपाण्डाको छालासहित ३ जना पक्राउ
SamacharDesk – क्राइम ब्यूरो | २०७७ चैत्र ११, बुधबार

सोलुखुम्बुको महाकुलुङमा रेडपाण्डाको ७ थान छालासहित ३ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेहरूमा महाकुलुङ गाउँपालिका–२ बस्ने ७६ वर्षीय जगत बहादुर राई, ५७ वर्षीय मितुरधन राई र ५६ वर्षीय कविराखर राई रहेका छन् ।
मकालु वरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्र बफरजोनबाट आज बिहान उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट रेडपाण्डा मार्न प्रयोग गरिने ५ थान पासो पनि बरामद गरिएको छ ।
बफरजोनभित्र वन्यजन्तु चोरी शिकारी तथा तस्करी भईरहेको भन्ने खबरको आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
Categorized in अपराध