arin enterprises

आज एकैपल्ट ३ जना संक्रमितको मृत्यु पुष्टि

SamacharDesk – विकाश | २०७७ आषाढ २७, शनिबार

गत ३ दिनदेखि कुनै पनि संक्रमितको मृत्यु नभएको अवस्थामा आज एकैपल्ट ३ जना संक्रमितको मृत्यु पुष्टि भएको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं जिल्लाका २ जना र सिन्धुपाल्चोकका एक जना संक्रमितको मृत्यु पुष्टि गरेको छ ।

पाटन अस्पतालमा उपचाररत एक ६० वर्षीय संक्रमित पुरुषको हिजो मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरे ।

काठमाडौं जिल्ला वडा १० शंखमूलका पुरुष फोक्सोमा पानी जमेको र मृगौला रोगको उपचार गराउन असार १६ गते पाटन अस्पताल भर्ना भएका थिए ।

गत १७ गते कोरोना परिक्षणको लागि नमूना परिक्षण गरिएकोमा परिक्षणको नतिजा पोजेटिभ आएको थियो ।

त्यसैगरी २५ गते निधन हुने सिन्धुपाल्चोकका ४५ वर्षीय पुरुषको पनि परिक्षणको रिपोर्ट पोजेटिभ आएको छ । 

सिन्धुपाल्चोक पाँचपोखरी ६ का पुरुष असार १८ गते क्षयरोगको उपचारका लािग पाटन अस्पताल भर्ना भएका थिए , 

कोरोना परीक्षणका लागि २२ गते उनको स्वाब नमूना संकलन गरिएको थियो भने २५ गते निधन भएको हो ।

साथै गत २५ गते काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा मृत्यु हुने गोकर्णेश्वरका पुरुषको पनि कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका ४ निवासी ५४ वर्षका पुरुष मृगौलाको समस्याले पिडित थिए । 

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना भएका थिए । 

उपचारको क्रममा श्वासप्रश्वासमा समेत समस्या देखिएपछि कोरोना परिक्षणका लागि २१ गते स्वाब नमूना संकलन गरीएको थियो । 

परिक्षणको रिपोर्ट नआउँदै उपचारको क्रममा २५ गते उनको निधन भएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

Categorized in समाज