कतार विश्वकपमा आज तीन खेल हुँदै
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ मङ्सिर ५, सोमबार

कतार विश्वकप २०२२ अन्तर्गत आज तीन खेलहरु हुँदैछ । सोमबार समूह ‘ए’ को एक खेल हुँदैछ भने समूह ‘बी’ को दुई खेल हुने तालिका रहेको छ ।
आज हुने पहिलो खेल बेलुका ६ः४५ बजे समूह ’बी’ को इंग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेल राति ९ः४५ बजे समूह ’ए’ को सेनेगल र नेदरल्यान्ड्सबीच खेल हुनेछ ।
तेस्रो खेल राति १२ः४५ बजे सुरुसमूह ‘बी’को अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ ।
मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना भएको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । यस विश्वकपमा कुल ६४ खेल हुनेछ ।
आठ रंगशालामा आयोजना हुने विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।
Categorized in स्पाेर्ट्स