चोरीको मोबाइल र ल्यापटपसहित ४ जना पक्राउ
SamacharDesk – क्राइम ब्यूराे | २०७८ पौष २१, बुधबार

चोरी गरेको ल्यापटप र मोबाइलसहित गोकर्णेश्वरबाट ४ जना पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका–८ आरुबारीबाट २१ थान मोबाइल, २ थान ल्यापटप र ४ थान ल्यापटपको चार्जर सहित ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णश्वर नगरपालिका–६ गोकर्ण बस्ने २० वर्षीय निशान डंगोल, काठमाडौं मुलपानी बस्ने सिन्धुपालाञ्चोक जुगल गाउँपालिका–३ घर भएका २५ वर्षीय फुर्बा लामा, काठमाडौं गोकर्णश्वर नगरपालिका–८ बेशिगाउँ बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ घर भएका २२ वर्षीय सुमन तामाङ र सोही ठाउँका २० वर्षीय कृष्ण तामाङ रहेका छन् ।
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीको टोलीले चोरीको उक्त सामग्रीहरुसहित उनीहरुलाई पक्राउ गरेको हो ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा उनीहरुलाई फेला पारी पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
उनीहरु उपर महानगरीय प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
Categorized in अपराध