arin enterprises

झ्वःछेँमा सुनको सिक्री लुटको घटनामा संलग्नहरु पक्राउ

SamacharDesk – विकाश | २०७७ श्रावण ९, शुक्रबार

गत मंगलबार झ्वःछेँमा एक महिलाको गलाको सिक्री तानेर लुटेको घटनामा संलग्न चार जनालाई जनसेवा प्रहरी प्रभाग विशालबजारले पक्राउ गरेको छ ।

प्रभागबाट खटिएको टोलीले सिक्री लुट्ने दुई जनाको साथमा चोरी गरिएको उक्त सिक्री बेच्ने एक जना र खरिद गर्ने समेत गरी चार जनालाई पक्राउ गरेको हो ।

पिडित पक्षको बयान र घटनास्थलको सिसिटिभि फुटेजको आधारमा खोजतलास गर्दै जाँदा प्रहरीले चन्द्रागिरी नगरपालिकाका अकेश नकर्मी र नुवाकोट घर भई नैकाप बस्दै आएका विक्की मगरलाई पक्राउ गरेको हो ।

दुवैलाई काठमाडौं वडा नम्बर २० परोपकारबाट पक्राउ गरेको डिएसपी सुनिल जङ्ग शाहले जानकारी दिए ।

यसको साथै सो सिक्री बेच्न लग्ने अकेशकी श्रीमती नेहा शर्मा नकर्मी र खरीद गर्ने सुनचाँदी व्यवसायी अशोक शाक्य समेतलाई प्रहरीले पक्राउ गरेको हो ।

नेहालाई नैकापबाट र शाक्यलाई उनकै डल्लुस्थित पसलबाट पक्राउ गरीएको हो ।

Categorized in अपराध