arin enterprises

भारतमा पोखरीमा डुबेर ४६ को मृत्यु

SamacharDesk | २०८१ आश्विन ११, शुक्रबार

भारतमा हिन्दू धार्मिक पर्व मनाउने क्रममा पोखरीमा डुबेर ४६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ७ महिला ३७ बालबालिका रहेका छन् । अविरबल बर्र्षा पछी बाढी आउने क्रम जारी रहंदा पोखरीमा डुबेर पछिल्लो २४ घण्टामा १५ जिल्लाका गरी ४६ जनाको मृत्यु भएको हो ।

भारतमा ३ दिनसम्म मनाईने जीवित पुत्रिका पर्वका अवसरमा नुहाउने क्रममा उनीहरुको डुबेर मृत्यु भएको हो ।

हालसम्म ४६ जनाको शव फेला परेकोमा अन्य पनि डुबेको हुनसक्ने आशंकामा खोजीकार्य जारी छ ।

अविरल बर्षा संगै आएको बाढीका कारण सचेत रहन जारी गरिएको अपीलको बेवास्ता गरेकाले यस्ता घटना भएको भारत सरकारले जनाएको छ ।

यसैबीच भारतको राज्य सरकारले पीडित परिवारलाई क्षतिपुर्ती उपलब्ध गराउने घोषणा गरेको छ ।

Categorized in अन्तर्राष्ट्रिय
SKIP THIS dahain 2081