arin enterprises

विभिन्न लागूऔषधसहित नवलपरासीबाट ५ जना पक्राउ

SamacharDesk – क्राइम ब्यूराे | २०७७ माघ २३, शुक्रबार

नवलपरासीमा विभिन्न नियन्त्रित लागूऔषधसहित ५ जना पक्राउ परेका छन् ।बिनयी त्रिबेणी गाउँपालिका–१ दुम्किबास बजारबाट नियन्त्रितलागूऔषध प्रहरीले आज बिहान ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पर्बत कुस्माका २५ वर्षीय सम्सेर घर्ती मगर, पोखराका २३ वर्षीय बिजय चौधरी रहेका छन् । उनीहरुसँगै चितवन भरतपुरका २४ वर्षीय दिपेश बिक, २६ वर्षीय सर्बबिद बस्नेत र ३३ वर्षीय सिंहराज लामालाई पनि पक्राउ गरिएको छ ।

उनीहरुको साथमा १ सय ४८ एम्पुल फेनारगन, १ सय ४९ एम्पुल डाईजेपाम र १ सय ५९ एम्पुल नुर्फिन बरामद भएको छ ।

ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरी टोलीले सवारी साधन जाँच गर्ने क्रममा उनीहरुसँग उक्त लागूऔषध फेला पारेको थियो । 

Categorized in अपराध