arin enterprises

चन्द्रागिरिमा हराएका ५ जनाको उद्धार

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७८ माघ २४, सोमबार

चन्द्रागिरी डाँडामा हिउँ खेल्न जाँदा हराएका पाँच जना महिला र बालबालिकालाई उद्धार गरिएको छ । गएको माघ २३ गते चन्द्रागिरी डाडाँमा हिउँ खेल्न गएका पाँच जनालाई प्रहरीले उद्धार गरेको हो ।

काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालीका वडा नं.६ महादेवस्थान बस्ने एकै परिवारका एक जना महिला र ४ जना बालबालिका सहित पाँच जना हराएका थिए । बर्ष २३ की रिता गुरुङ, बर्ष १५ की सौभाग्य गुरुङ, बर्ष १३ को सहज गुरुङ, बर्ष ११ की जेनिसा गुरुङ र बर्ष ७ को एरविन गुरुङ हराएका थिए ।

तिनीहरु हराएको खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त, थानकोट, महानगरीय नगर प्रहरी कार्यालय भृकुटीमण्डप तथा बिपद् ब्यबस्थापन गुल्म, सामाखुसीबाट समेत गरी जम्मा ३७ जनाको प्रहरी टोली खोजी कार्यमा जुटेको थियो ।

५ घण्टाको लामो खोजी कार्य पछि ती महिला तथा बालबालिकाहरूलाई चन्द्रागिरी जंगलबाट आज दिउँसोको सवा १ बजे सकुशल फेला पारी उद्धार गरेको थियो ।

तिनीहरुलाई स्वास्थ्य परीक्षण गराई आफन्तको जिम्मा लगाइएको छ । 

Categorized in समाज