arin enterprises

चौथो नेपाल फाइभ पि प्रदर्शनी काठमाडौंमा हुँदै

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० पौष १, आइतबार

चौथो नेपाल फाइभ पि अन्तर्राष्ट्रिय प्रदर्शनी आउँदो पौष ५ गतेबाट काठमाडौंमा सुरु हुने भएको छ ।

आयोजक संस्था मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि. ले प्रेश विज्ञप्ती जारी गर्दै काठमाडौंको ५ गतेबाट ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी हुन लागेको जनाएको हो ।

प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने आयोजक संस्थाले जनाएको छ ।

प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ् र प्रोसेसिङ्संग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाउँमा ल्याई ब्यापार साझेदारि, नविनतम प्रविधि प्रदर्शन र संवाद गर्न साझा मंच प्रदान गर्ने प्रदर्शनीको उद्देश्य रहेको बताइएको छ ।

‘सप्लायर्स र उत्पादकहरुको साझा मंच मात्र नभएर नेपाल फाईभ पीले समृद्द नेपालको रेखांकनमा पनि उत्तिकै योगदान पुर्याउनका साथै संसार भरिका उत्कृष्ट प्रविधि र प्रयासहरुलाई भित्राउने छ’ नेपाल फाईभ पि एक्स्पो का आयोजकले दावि गरेका छन् ।

यस प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ् मेसिनरी, स्क्रिन प्रिन्टिङ्, ईन्डक्सन मोल्डिङ् मेसिन, प्रिन्टिङ् मेसिन, अफिस स्टेशनरी मेसिनरी लगायतका उत्पादक संस्थाको सहभागीता रहने बताइएको छ ।

साथमा पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेर पार्टस, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरुको पनि सहभागिता रहनेछ । 

Categorized in बिजनेस