arin enterprises

सांसद जीवनरामबाट ५० बेड क्षमताको आइसोलेशन तयार

SamacharDesk – बिराज | २०७८ बैशाख २३, बिहिबार

संघीय सांसद जीवनराम श्रेष्ठले आफुले ५० बेड क्षमताको आइसोलेसन तयार गरीसकेको बताएका छन् । नेपाल सरकारले डाक्टर र नर्सको व्यवस्था गरिदिएको खण्डमा ५० शैय्याको आइसालेसन तयारी अवस्थामा रहेको श्रेष्ठले बताए ।

श्रेष्ठले काठमाडौं स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठको प्रयोगविहिन अवस्थामा रहेको भवन प्रयोग गरी ५० बेड क्षमताको आइसोलेशन निर्माण गरेका हुन् ।

स्वयम्भू क्षेत्रको खुल्ला वातावरणमा बनाइएको आइसोलेशनमा बस्ने व्यक्ति कोठामा मात्रै बस्नु पर्ने अवस्था नरहने सांसद श्रेष्ठले बताए ।

सांसद जीवनराम श्रेष्ठले आफ्नो क्षेत्र विकासका लागि छुट्याइएको ४ करोड मध्ये १ करोड ५० लाख ४० हजार रुपैयाँ प्रयोग गरेर काठमाडौं क्षेत्र नम्बर ८ मा आइसोलेसन निर्माण गरेका हुन् ।

यसको साथमा सांसद श्रेष्ठले आफ्नो क्षेत्रमा मास्कको हात धुेन साबुन वितरणलाई पनि निरन्तरता दिइरहेका छन् ।

कोरोना भाइरसबारे सचेतना जगाउने उद्देश्यले सांसद जीवनराम श्रेष्ठले आफु निर्वाचित काठमाडौंको ८ नम्बर क्षेत्रमा मास्क, साबुनको साथमा कोभिडसम्बन्धी जानकारी भएको पात्रो पनि वितरण गरिरहेका छन् ।

कोरोना भाइरसबारे सचेतना जगाउँदै चःमति, तल्लो विजेश्वरी र मखनटोलमा गरेर तीन हजार थान मास्क र सावुन वितरण गरिसकेको सांसद श्रेष्ठले बताए ।

मास्क तथा साबुन वितरण कार्यक्रममा १५ वडाका वडाध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल, सदस्य निमा घ्याम्चो, आनन्दराम गौतम, मैयाँलक्ष्मी महर्जन र अनिता परियारको पनि उपस्थिती थियो ।

Categorized in समाज