स्वीडेनको झडपमा परि ५० जना घाइते
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण २०, शनिबार

स्वीडेनको राजधानी स्टकहोममा भइरहेको एरिट्रियन सांस्कृतिक महोत्सवमा हिंसात्मक झडप हुँदा करिब ५० घाइते भएको छ ।
बिहीबार करिब १ हजार जना एरिट्रियन सरकार विरोधी प्रदर्शनकारीहरूले उत्सव कार्यक्रममा आक्रमण गरी प्रहरी अधिकारीहरुलाई ढुंगा प्रहार गरेको स्विडेनी सञ्चार माध्यमले जनाएको हो ।
घाइतेहरुलाई अस्पताल लगिएको छ भने तीमध्ये आठ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । यस्तै झडपमा तीन प्रहरी अधिकारीहरु पनि घाइते भएको स्विडेनी समाचारले उल्लेख गरेको छ ।
प्रहरीले झडपमा सग्ंलन सय बढि विराधीहरुलाई पक्राउ गरी हिंसात्मक दङ्गा, आगजनी र आपतकालीन सेवाहरुको तोडफोडका बारेमा अनुसन्धान शुरु गरिएको जनाएका छन् ।
यसस्थानीय अधिकारीहरुले बताए । करिब तीन दशकअघि इथियोपियाबाट स्वतन्त्रता प्राप्त गरेको अफ्रिकी देशको सांस्कृतिक सम्पदालाई चिनाउन सन् १९९० को दशकदेखि इरिट्रिया–थीम्ड फेस्टिभल आयोजना गरिंदै आएको छ ।
हाल, हजारौं इरिट्रियन मूलका मानिसहरू स्वीडेनमा बसोबास गरिरहेका छन्।
Categorized in अन्तर्राष्ट्रिय