arin enterprises

माेटरसाइकलकाे ठक्करबाट ६२ वर्षीय पुरूषकाे मृत्यु

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० चैत्र १६, शुक्रबार

मध्यपुर थिमि नगरपालिकाको सानो थिमिमा भएको एक सडक दुर्घटनामा एक ६२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

बिहिबार बेलुकी भएको दुर्घटनामा मध्यपुर थिमि नगरपालिका–२ सानोथिमि बस्ने ६२ वर्षीय राम थापा मगरको मृत्यु भएको हो ।

बाटोमा हिँडिरहेको अवस्थामा मगरलाई पुरानो थिमिबाट पेप्सीकोलातर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा उनी घाइते भएका थिए ।

गम्भीर घाइते भएका उनलाई उपचारको लागि मध्यपुर अस्पताल थिमिमा लगिएको थियो भने सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

हालसम्म ठक्कर दिने मोटरसाइकलको नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Categorized in समाज