प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६६ औं वार्षिकोत्सव सम्पन्न
SamacharDesk – बिराज | २०७८ माघ २८, शुक्रबार

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६६ औं बार्षिकोत्सव सम्पन्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६६ औं बार्षिकोत्सव सम्पन्न भएकाे छ ।
कार्यक्रममा संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रतिष्ठानले आधुनिक प्रशिक्षण प्रणालीलाई आत्मसाथ गर्दै उत्तर आधुनिक युगलाई सम्बोधन गर्ने पाठ्यक्रम र पाठ्यसामाग्रीहरुसमेत निर्माण गर्न निर्देशन दिनुभयो ।
मन्तव्यको क्रममा प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. देव बहादुर बोहोरा, कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले आआफ्नो विचार राखेका थिए ।
समारोहमा अवकाश प्राप्त प्रहरी उपरीक्षक जयविष्णु नेपालीलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो ।
अपराध अनुसन्धान अन्तर्गत ‘घटनास्थल अनुसन्धान अधिकृत तालिम’ र ‘अनुसन्धनात्मक अन्तर्वार्ता तालिम’ को थालनी, प्रशिक्षण पाठ्यसामाग्री लेखन, ‘अपराध अनुसन्धानमा भौतिक सबुद संकलन र संरक्षण’ पुस्तक लेखनको साथै अपराध अनुसन्धान सम्बन्धी तालिमको प्रशिक्षण र विकासमा दिएको भूमिकाको कदर स्वरुप नेपालीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रा.डा. राजिव बिक्रम राणा, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ उपरीक्षकहरुको उपस्थिती रहेको थियो ।
सोही कार्यक्रममा प्रहरी महानिरीक्षक क्षेत्रीले प्रतिष्ठानको बार्षिक पत्रिका ‘प्रेरणा’को लोकार्पण गर्नुभएको थियो ।
Categorized in समाज