कोभिडविरुद्ध लड्न ७० थान अक्सिजन कन्सनट्रेटर मेसिन सहयाेग
SamacharDesk – बिराज | २०७८ जेठ २२, शनिबार

कोरोना महामारीविरुद्ध लड्न स्थानीय तहसँग हातेमालो गर्दै कोभिड १९ र्यापिड एक्सन टास्कफोर्स नेपाल (C19 RAT) ले विभिन्न पालिकाहरुलाई अक्सिजन कन्सन्ट्रेटर मेसीन सहयोग गरिरहेको छ ।
यसै क्रममा टास्कफोर्सले भक्तपुर नगरपालिकालाई १० लिटरको अक्सिजन कन्सन्ट्रेट मेसीन ५ थान उपलब्ध गराएको छ ।
गैर सरकारी संस्थाले गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी श्रेष्ठ जोशीलाई हस्तान्तरण गर्नु भयो ।
‘यो मुस्किल घडीमा केन्द्रिय सरकारबाट कुनै सहयोग प्राप्त नभएपनि जनस्तरबाटै स्वस्फुर्त रुपमा संक्रमितको उपचारार्थ नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ४ करोड ३२ लाख ९० हजार ९ सय ७८ रुपैयाँ बराबरको आर्थिक तथा भौतिक सहयोग प्राप्त भएकोमा खुसी लागेको छ’ उपप्रमुख श्रेष्ठ जोशीले भन्नुभयो ।
त्यस्तै टास्कफोर्सले धुलिखेल नगरपालिकाद्वारा संचालित ५० बेडको आईसोलेसन केन्द्रका लागि ५ वटा अक्सिजन कन्सनट्रेटर मेसीन, १० वटा अक्सिजन सिलिण्डर र अन्य विविध स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ ।
सेवाको व्यवस्थापन नै एउटा चुनौती बनिरहेको अवस्थामा सेवा निरन्तरताका लागि यो ठुलो सहयोग भएको नगरपालिकाका आधारभुत स्वास्थ्य तथा सरसफाई शाखाका प्रमुख सन्दीप केसीले बताउनुभयो ।
त्यस्तै टास्कफोर्सले नदि किनारमा बसोवास गर्ने न्यूय आय भएका व्यक्तिहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै महिला एकता समाजलाई कोभिड १९ विरुद्ध लडन ५० वटा होम आइसोलेसन किट पनि उपलब्ध गराएको छ ।
बिफोन, सेन, एन्फो, क्रिएसन नेपाल, नेपाल राइजिङ, इंगेज नेपाल र गुथि लगायतका संस्थाहरु मिलेर कोभिड १९ विरुद्ध लड्न टास्कफोर्स गठन गरेको हो ।
टास्कफोर्सले नेपाल राईजिङ्ग, र इन्गेज नेपालको आर्थिक सहयोगमा ७० वटा कन्सनट्रेटर मेसिन विभिन्न अस्पतालमा र आइसोलेसन सेन्टरमा उपलब्ध गराईसकेको छ ।
हिजै मात्र पनि टास्कफोर्सले क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई १० लिटरको र काठमाडौं महानगरपालिकाबाट संचालित क्षेत्रपाटीस्थित आइसोलेसन केन्द्रको लागि ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर मेसीक एक/एक थान उलपब्ध गराएको थियो ।
