arin enterprises

मोका आँधीका कारण म्यानमारमा ८० बढीको मृत्यु

SamacharDesk | २०८० जेठ ३, बुधबार

मोका नामक समुद्री आँधीका कारण म्यानमारमा ८० जना भन्दा बढीको मृत्यु भएको छ । आँधीले रखाइन प्रान्तमा सबैभन्दा बढी क्षति पुर्‍याएको हो ।

सो प्रात्नमा रोहिंग्या मुश्लिमहरुको बाहुल्य रहेको स्थानकम मात्रै ५९ जनाको ज्यान गएको छ । त्यही प्रान्तको राजधानी सितवे नजिकैको गाउँमा १ सय जना भन्दा बढी वेपत्ता रहेको जनाइएको छ भने हजारौं घरबार बिहिन बनेका छन् ।

आँधी र बाढी पीडितहरुलाई अस्थायी शिविरमा स्थानान्तरण गरिएता पनि अस्थायी शिविरमा बाढी पस्दा बिचल्ली भएको छ ।

१ सय ३० माइल प्रतिघण्टाको वेगले आएको चक्रवातले बंगालादेशमा बिनाश मच्चाई म्यानमार प्रवेश गरेको हो ।

आँधीमा परी हराइरहेकाहरुको खोजी जारी रहेकाले मृतक संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

म्यानमारमा भारी वर्षा हुने क्रम अझै केही दिन जारी रहने भएकाले आँधी र बाढीको खतरा रहेको मौसमविद्हरुले बताएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय