arin enterprises

नेसनल प्याव्सन भक्तपुरबाट ८३ शिक्षक सम्मानित

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०८१ मङ्सिर १, शनिबार

नेसनल प्याब्सन भक्तपुरको नवौं वार्षिक साधारण सभाको अवसरमा सदस्य विद्यालयका ८३ जना शिक्षकहरु “दीर्घ शिक्षा सेवा” बाट सम्मानित भएका छन् ।

नेसनल प्याब्सन भक्तपुरमा आवद्ध सदस्य विद्यालयहरुमा १० वर्ष भन्दा बढी समयदेखि निरन्तर अध्यापन गराउँदै आएका शिक्षकहरुलाई सम्मानित गरिएको हो ।

प्याब्सन भक्तपुरको नवौं वार्षिक साधारण सभा कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सम्मानित सबै शिक्षकहरुलाई दीर्घ शिक्षा सेवा सम्मान पत्र प्रदान गरे । त्यस्तै प्याब्सन भक्तपुर जिल्ला अध्यक्ष संजय खड्काले दोसल्ला ओढाए ।

कार्यक्रममा बोल्दै मन्त्री थापाले आफू स्वास्थ्य मन्त्री भएदेखि बागमती प्रदेशका १३ जिल्लाको स्वास्थ्य अवस्थाबारे सुक्ष्म ढगंले अध्ययन गरी सबै जनताले उपचारबाट बन्चित हुन नपरोस भनि लागिपरेको दावी गरे ।

साथै विद्यालयहरुमा पनि स्वास्थ्य शीविर संचालन गर्न सुझाव दिदै यसमा सहयोगी भूमिका खेल्ने प्रतिवद्धता मन्त्री थापाले व्यक्त गरे ।

प्याब्सन भक्तपुर जिल्ला अध्यक्ष खड्काले हरेक परिस्थितिमा प्याब्सनका सदस्य विद्यालयको साथ दिएर बालबालिकाको शिक्षामा अनवरत सेवामा एउटै स्कुलमा अध्यापन गराउनुहुने शिक्षकहरुलाई दीर्घ शिक्षा सेवा सम्मान गरिएको बताए ।

कार्यक्रममा प्याब्सन भक्तपुर जिल्लाका बरिष्ठ उपाध्यक्ष शिव कृष्ण कवां, उपाध्यक्ष रामप्रसाद खाताखोले संस्थाका गतिविधि, कार्यक्रम लगायतका विषयमा प्रकाश पारेका थिए ।

प्याब्सन केन्द्रीय सहकोषाध्यक्ष विक्रम ढुकुछु, केन्द्रीय सदस्य जिबी खड्का, बागमति प्रदेश उपाध्यक्ष पुण्यराम कवां, सहकोषाध्यक्ष साधुराम गैडा, नेपाल पत्रकार मरासंघ भक्तपुर अध्यक्ष जगत प्रजापति, रासस प्रतिनिधी रमेश गिरी, पत्रकार हरि छुकां, पुस्तक व्यवसायी संघ भक्तपुरका उपाध्यक्ष महेश थापा लगाएतको उपस्थिति कार्यक्रममा रहेकाे थियो ।

साधारण सभाको दोश्रो चरणमा अध्यक्षको भावी कार्ययोजना, सचिवको सांगठानिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमा छलफल गरी पारित गरिएको थियो ।

साथै कार्यसमिति सदस्यमा विपिन गुमान्जू, अनिश राई र सूर्य घिसिगंलाई मनोनित गरिएको थियो । यसैगरी सदस्य विद्यालयको विकास र शैक्षिक क्रियाकलापमा सुदृढिकरणको लागि प्रस्तावहरु पनि पारित गरिएको थियो ।

Categorized in समाज