arin enterprises

कोरोना संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु

SamacharDesk – विकाश | २०७७ आषाढ १९, शुक्रबार

गत १७ गते मृत्यु हुने काठमाडौंका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत १७ गते मृत्यु हुने ८५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

मृतक पुरुषमा उच्च रक्तचाप र पार्किन्सनको समेत समस्या रहेको जनाइएको छ ।

छाती दुख्ने र पिसाब कम हुने समस्या भएपछि उपचारको लागि उनलाई काठमाडौंकै एक निजी अस्पतालमा राखी उपचार गरिँदै थियो ।

उक्त अस्पतालको  आइसोलेसनमा राखेर उपचार हुँदै गरेकोमा१७ गते राती उनको मृत्यु भएको थियो ।

उनको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

Categorized in समाज