arin enterprises

थप ९ जनाले कोरोनालाई जिते

SamacharDesk – विकाश | २०७७ जेठ १०, शनिबार

पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ९ जना संक्रमण निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पछिल्लो दुईपटकको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

डिस्चार्ज हुनेहरुमा पर्सा र रौतहटका ३–३ जना, बाराका २ जनासँगै एक जना भारतीय नागरिक समेत रहेका छन् ।

कोरोना मुक्त हुनेहरुमा वीरगंज–२ का ३० वर्षीय, वडा नं ३ का ५० वर्षीय, वडा नं १६ का ५१ वर्षीय छन् । 

रौहतट, ईशनाथ नगरपालिका वडा नं ८ का १९ वर्षीय, वृन्दावन नगरपालिका वडा नं ८ का २४ वर्षीय र देवाही गोनाही नगरपालिका वडा नं १ करुनीयाका २२ वर्षीय पुरुष पनि निको भएर घर फर्केका छन् ।

त्यसैगरी, बारा, जितपुर सिमरा ७ का ४३ वर्षीय र सिम्रौनगढ ४ का ३१ वर्षीय पुरुष २ जना कोरोनालाई जित्दै अस्पतालबाट डिस्चार्ज भएका छन् ।

निको हुने एक जना ४२ वर्षीय भारतीय हुन् ।

नारायणी अस्पतालमा ७१ जना कोरोना संक्रमितको उपचार हुँदै थियो । आज ९ जना डिस्चार्ज भएसँगै अब उक्त अस्पतालमा उपचाररत संक्रमितको संख्या ६२ रहेको छ । 

योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ७९ पुगेको छ । 

हिजै मात्र बाँकेका २१ जना एकैपटक संक्रमणमुक्त भएर घर फर्किएका थिए ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । ३ जना संक्रमितको भने मृत्यु भएको छ ।

Categorized in समाज